• १० बैशाख २०८२, बुधबार

काँग्रेस केन्द्रीय कार्य समितीको बैठक दिउँसो पार्टी कार्यालय सानेपामा बस्दै

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितीको बैठक दिउँसो २ बजे बस्दैछ । बिहीबार काँग्रेसको पार्टी कार्यालय सानेपामा सो बैठक बस्न लागेको काँग्रेसका सचेतक पुष्पा भुषालले बताउनुभयो । बैठकमा काँग्रेसको आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडाैंमा हुन गइरहेको १४ औं महाधिवेशनबारे छलफल केन्द्रित रहनेछ ।

यसअघि भदौं २६ गते काँगेस सभापति शेरबहादुर देउवाले आगामी भदौभित्रमा जुनैपनि हालतमा १४ औं महाधिवेशन समपन्न गरिने प्रतिबद्धता एक प्रेस विज्ञप्तिमार्फत व्यक्त गर्नुभएको थियो । यससँगै काँग्रेसको १४ औं महाधिवेशनको मिति आगामी भदौ ७ देखि १० गतेसम्मको लागि तय भएपनि जेठ २९ गते बसेको काँग्रेसको पदाधिकारी बैठकले महाधिवेशनको मिति केही दिन पछाडि सार्ने निर्णय गरेको हो ।

 यसअघि पनि काँग्रसको महाधिवेशनको मिती सर्दै आएको छ । तर यसपटक विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ महामारीको बीचमै पनि काँग्रेसले १४ औं महाधिवेशनलाई पार्टीको महायज्ञको रुपमा लिइएका कारण जसरी पनि सम्पन्न गरिने काँग्रेस सभापति देउवाको प्रेस विज्ञप्तिमा उल्लेख गरिसकिएको छ । महाधिवेशनको मिति तय भएसँगै काँग्रेसमा पदाधिकारी एवम् उम्मेदवारहरुमा सरगर्मी पनि बढ्दै गएको छ ।

यही अवस्थामा काँग्रेसले १४ औं महाधिवेशनको तयारी स्वरुप केन्द्रीय कार्य समितीको बैठक बस्दैछ ।





प्रतिक्रिया दिनुहोस्