• २४ फाल्गुन २०८२, आईतवार

बाग्मती प्रदेश सामाजिक विकास तथा कानुन मन्त्रालयबाट नुवाकोटको १२ वटै स्थानीय तह र त्रिशुली अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

नुवाकाेट, ४ असार । बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयबाट नुवाकोटको १२ वटै स्थानिय तह र प्रदेश अस्पताल त्रिशुलीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

बाग्मती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केशबराज पाण्डे, बागमती प्रदेश सांसद द्वय बद्री मैनाली र अाशामाया तामाङकाे विशेष पहलमा बाग्मती प्रदेश सरकार सामाजिक विकास तथा कानुन मन्त्रालयबाट प्राप्त कोरोना भाइरस काेभिड -१९ को राेकथाम उपचार तथा नियन्त्रणमा आवश्यक स्वास्थ्य सामग्रीहरु जनस्वास्थ्य कार्यालय नुवाकाेटका प्रमुखकाे व्यवस्थापनमा नुवाकोटका १२ वटै स्थानीय तहलाई वितरण गरिएको हो ।

विहिवार आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा १२ वटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख तथा जनप्रतिनिधहरूलाई हस्तान्तरण गरिएको बाग्मती प्रदेश संसद आशामाया तामाङले जानकारी दिइन् ।

नुवाकोटको त्रिशुली अस्पताल र १२ वटा स्थानिय तहलाई वितरण गरिएको स्वास्थ्य सामाग्रीहरुक वितरण यस प्रकार छ:

विहिबार सम्पन्न स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश बहादुर वस्ती ,भुमि सम्बन्धि समस्या समाधान आयोग नुवाकाेटका अध्यक्ष बिन्दा ढुगांना, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, प्रहरी प्रमुख तुल ब.कार्की , त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्याैपाने, त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डे, भूमी सम्बन्धी समस्या समाधान आयोगका सदस्यहरु बलराम आचार्य ,नारायण घिमिरे, लिखु गाउँपालिका उपाध्यक्ष राेजिना राई, नेकपा एमाले नुवाकाेटका सचिव काशीराज अधिकारी ,सचिवालय सदस्य गणेश कुमार श्रेष्ठ लगायतका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्