• २४ फाल्गुन २०८२, आईतवार

दुवाल ब्रदर्सका कार्यकारी निर्देशक रोक्सन मान दुवालद्वारा मेलम्ची क्षेत्रको बाढीपीडितलाई आर्थिक सहयोग


नुवाकोट, ४ असार । नुवाकोटको विदुर नगरपालिकामा रहेको दुवाल ब्रदर्सका कार्यकारी निर्देशक रोक्सन मान दुवालले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् । व्यवसायि दुवालले बाढीपीडितलाई एक लाख आर्थिक सहयोग गरेका हुन् ।

मेलम्ची क्षेत्रका बाढीपहिरो पीडितका लागि राहतको उपलब्ध गराइरहेको ‘हाम्रो टिम नेपाल’ लाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले आफुले रकम दिएको दुवालले बताए ।

व्यक्ति स्वयम् क्षेतीग्रस्त स्थानमा नपुगे पनि हाम्रो टिम नेपाल जस्ता राहत वितरणमा खटिएका हातहरुलाई साथ दिनु नै मनावताको मूल्य भएको दुवाल बताउँछन् ।

रोक्सन मान दुवाल जस्तै अन्य सहयोगी हातहरुको अपेक्षा रहेको हाम्रो टिम नेपालका संयोजक भिम उपाध्यायले बताए ।

नेपाल सरकारका पुर्व सचिव समेत रहेका उपाध्याय पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्