म्यागङ, ५ असार । नुवाकोटको म्यागङ गाउँपालिका वडा नं ६ को वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष शान्ति लामा गुरुङ वडा नं ६ का वडाध्यक्ष अतम तामाङ गाउँपालिकाका जनप्रतिनिधहरू, प्रशासनका कर्मचारीहरु लगायतका स्थानियहरुको उपस्थित रहेको थियो । चालु आर्थिक वर्ष २०७७/७८ मा वडा नं ६ को वडा कार्यालयको भवन निर्माणको योजना बनाएर गाउँपालिकाबाट ३५ लाख बजेट विनियोजन भएको थियो ।
हाल वडाले उपभोक्ता समिति बनाएर भवन निर्माणको काम भइरहेको वडा नं ६ का वडाध्यक्ष अतम तामाङले जानकारी दिए । वडा नं ६ को नाममा रहेको सार्वजनिक जग्गामा नै वडा कार्यालय भवन निर्माण भइरहेको छ ।
बजेट विनियोजन भएको झन्डै एक बर्षपछि शिलान्यास भएपनि आगामी दिनमा वडा कार्यालय भवन निर्माणको कामले तिव्रता पाउने वडाध्यक्ष तामाङ बताउँछन् ।