• ६ चैत्र २०८१, बिहीबार

नेपाली काँग्रेस सुर्यगढी-काठमाडौं सम्पर्क समिति र ब्लड अन रिक्याेस्ट ईन नुवाकाेटको आयोजनामा सोमबार सुर्यगढी गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

नुवाकोट, ६ असार । नेपाली काँग्रेस सुर्यगढी-काठमाडौं सम्पर्क समितिको आयोजना तथा बल्ड अन रिक्वेस्ट इन नुवाकोटको सह-आयोजनामा नुवाकोटको सुर्यगढीमा सोमबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रम सुर्यगढी गाउँपालिकामा रहेको बागेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा सोमबार विहान ११ बजेदेखि सुरु भएको ब्लड अन रिक्वेस्ट इन नुवाकोटका संयोजक मच्छिन्द्र नरसिंह प्याकुरेलले जानकारी दिए ।

नेपाली काँग्रेस सुर्यगढी-काठमाडौं सम्पर्क समितिको आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाको सहकार्य रहेको नेपाली काँग्रेस सुर्यगढी-काठमाडौं सम्पर्क समितिका अध्यक्ष दिपेन्द्र गिरीले जानकारी दिए ।

आज भएको रक्तदान कार्यक्रममा करिब २२ जनाले रक्तदान गरेको नेपाली काँग्रेसका युवा नेता एवं समाजसेवी शंखर प्याकुरेलले जानकारी दिए ।

रक्तदान कार्यमा प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्दै युवा नेता प्याकुरेलले रक्तदान कार्यक्रम आयोजना गरेकोमा नेपाली काँग्रेस सुर्यगढी-काठमाडौं सम्पर्क समितिलाई बधाई समेत दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्