• १० बैशाख २०८२, बुधबार

बेलकोटगढीमा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार-प्रसार गर्ने व्यक्ति र सवारी-साधन नियन्त्रणमा

  नुवाकोट, ८ असार । नुवाकोटमा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार-प्रसार गर्ने व्यक्ति र सवारी-साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार बिहान बेलकोटगढी नगरपालिका वडा नं ७ महादेबफाँट स्थित त्रिशुली नदिबाट नदिजन्य पदार्थ बालुवा अवैध रुपमा उत्खनन् गरी लोड गरिरहेको अबस्थामा ३(तिन) वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको ३ वटा टिप्परलाई जिल्ला समन्वय समिति कार्यालय नुवाकोटमा पठाइएकोमा जनही २५ हजारको दरले कार्वाही गरिएको छ भने पक्राउ परेका सवारी चालकलाई थप कार्वाहीको लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ । 





प्रतिक्रिया दिनुहोस्