नुवाकोट, ८ असार । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपहिरो पिडितलाई द राइजिङ युवा क्लबले मंगलबार खाध्यान्न सामग्री वितरण गरेको छ ।
बाढीपहिरोबाट पिडित बनेका मेलम्ची बासीको घाउमा मलम लगाउने प्रयासले आफुहरुले खाध्यान्न सामग्री वितरण गरेको क्लबले जनाएको छ।
क्लबले चामल, नुन, तेल, दाल लगायतको खाध्यान्न सामग्री वितरण गरेको हो ।
खाध्यान्न सामग्री वितरण कार्यक्रममा क्लवका अध्यक्ष सुरेश डङ्गाेल,नेपाली काङ्ग्रेसका युवा नेता भुपेन्द्रजङ्ग शाही, नेविसंघका नेता निरन्जन थापा,नवलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।