नुवाकोट, ९ असार । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपहिरो पिडितलाई नुवाकोटको ककनी गाउँपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
मेलम्ची तथा हेलम्बु क्षेत्रका बाढीपहिरो पिडितहरुको राहत तथा उद्दारका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्न लागेको हो ।
ककनी गाउँपालिकाको मंगलबार बसेको बैठकले बाढीले भएको धनजनको क्षतिपछिको राहत तथा उद्धार कार्य गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए।