• ३० फाल्गुन २०८२, शनिबार

पत्रकारिताको खोल ओढेर दुषित राजनीतिका लागि गरिएको पत्रकारिताले झुट र भ्रम फैलाउने नेता केसीको टिप्पणी

नुवाकोट, ११ असार । पत्रकारिताको खोल ओढेर दुषित राजनीतिका लागि गरिएको पत्रकारिताले झुट र भ्रम फैलाउने नेपाली काँग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले टिप्पणी गरेका छन् ।

यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टका महासचिव रहेका काँग्रेस नेता केसीले शुक्रबार नुवाकोटका विभिन्न स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम पछि केही राजनीतिक पुर्वाग्रही पत्रकारहरुले फैसलाएको गलत समाचार प्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै नेता केसीले पत्रकारिताको खोल ओढेर गरिएको दुषित राजनीति र दुषित राजनीतिका लागि गरिएको पत्रकारिताले फैलाउने झुट र भ्रमका विकृत होहल्लाको पछि लाग्ने फुर्सद आफुहरुसँग नभएको बताएका छन् ।

नेता केसीले बाग्मती प्रेसलाई जानकारी दिँदै भने-“अहिलेलाई हामी सामाजिक काममै लागिरहन्छौँ । मर्नबाट मानिसको जीवन बचाउनु छ । आउनुस्, तपाईं पनि यो अभियानमा सरिक हुनुहोस् ।





प्रतिक्रिया दिनुहोस्