नुवाकोट, १४ असार । नेकपा एमाले नुवाकोटले स्व. जननेता मदन भण्डारीको जन्मजयन्तिको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
सोमबार भण्डारीको जन्मजयन्तीको अवसर पारेर नेकपा एमाले नुवाकोटले विदुर नगरपालिका स्थित बट्टारमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ जनाले रत्तदान गरेका थिए ।
मदन भण्डारीको ७० औं जन्मजयन्तिको अवसर पारेर मदन भण्डारी फाउण्डेशन नुवाकोटको आयोजना तथा युवा संघ नुवाकोटको सहभागिता रक्तदान कार्यक्रम गरिएको हो।
रत्तदान कार्यक्रममा बाग्मति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डे, नेकपा नुवाकोटका अध्यक्ष बद्री मैनाली, भुमि समस्या सम्बन्धि आयोग नुवाकोटका संयोजक बिन्दा ढुङ्गाना, युवा संघ नुवाकोटका संयोजक प्रज्वल सापकोटा लगायतको उपस्थिति रहेको थियो ।