नुवाकोट, १५ असार । नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले आफू पनि किसान परिवारबाट नै राजनीतिमा आएको भन्दै असार पन्ध्र अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । नेता केसीले मंगलबार ट्विट मार्फत १६ औं राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गरेका हुन ।
काँग्रेस नेता अर्जुननरसिंह केसीले व्यक्त गर्नुभएको शुभकामना:
‘असार पन्ध्र’ (राष्ट्रिय धान दिवस) को हार्दिक शुभकामना !
दहीचिउरा खाने पर्व वा असार पन्ध्र’ (राष्ट्रिय धान दिवस) र रोपाईं महोत्सवको रुपमा सांस्कृतिक महत्व बोकेको आज असार १५, अन्नदाता कृषक दिदीबहिनी दाजुभाइको निम्ति आसा र उत्साहको दिवस हो । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असार आफैंमा जीवनको सार बोकेको मनसुनी अवसर हो। त्यसैले शब्दमा असार भएपनि १२ महिनामध्ये यो सबभन्दा सारपूर्ण महिना हो।२०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा नेपालमा मनाउने गरिएको छ । देशको कुल १४ लाख हेक्टर जग्गामा खेती हुनेगरेको र ४७ लाख मेट्रिक टन उत्पादन, कुल ग्राहस्थ उत्पादन (GDP) को ७ प्रतिशत, कृषिमा २० प्रतिशत र खाद्यान्न उत्पादनमध्ये ५५ प्रतिशत धानबालीको योगदान रहेको छ ।राष्ट्रिय धान दिवस भन्नाले, यो केवल रमाइलो मात्र होइन, वास्तवमा धान उत्पादन बढाउने राष्ट्रिय संकल्पको दिवस हो । २०२७ सालपछिको कालखण्डमा नेपाल विश्वको एक अग्रणी धान-चामल निर्यातक मुलुकको रुपमा स्थापित थियो ।तर आज आयातको अवस्थामा छौ।राष्ट्रिय धान दिवसले यही क्षमता पुनःस्थापित गर्ने कटिबद्धता, खासगरी किसान लाई मल खाद र बीउ विजन समयमै किसान लाई उपलब्ध सरकारलाई गराओस् । किसान परिवारबाट आएको नाताले समेत, राष्ट्रिय धान दिवसको अवसरमा म समस्त किसान दिदीबहिनी दाजुभाइमा हार्दिक शुभकामना अर्पण गर्दछु ।