• ६ चैत्र २०८१, बिहीबार

लाचार ‌प्रशासन भएको नुवाकोटमा सिडियो दुलालको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति

नुवाकोट, १६ असार । कुनैपनि निर्णयको प्रभावकारि कार्यन्वयन गर्न नसक्ने लाचार ‌प्रशासन भएको नुवाकोटको जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको धज्जी उडाएको छ । नुवाकोटमा गत बैशाख २१ गते निषेधाज्ञा जारी भएदेखि नै निषेधाज्ञाको फितलो कार्यान्वयन गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालले मंगलबार गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका छन् ।

मंगलबार एक कुराकानीमा नुवाकोटको विदुर नगरपालिकाको बजार क्षेत्रमा निषेधाज्ञा खुकुलो देखिन्छ, निषेधाज्ञा किन फितलो भएको सर? भन्ने प्रश्नमा सिडियो दुलालले निषेधाज्ञा फितलो भएको हो भने तपाईंले पसल बन्द गर्न लगाउनुस् र सबैलाई निषेधाज्ञाको पालना गर्न भन्नुस, पुलिसले भनेको जनताले मानेन अरे मैंले मात्र के गर्ने जनताले मान्दैनन्, म अहिले एउटा काममा व्यस्त छु पछि फोन गर्नुस् है त भनेर सिडियो दुलालले फोन काटे ।

यसरी जिल्लाको जिम्मेवार व्यक्तिले गैरजिम्मेवारी अभिव्यक्ति दिँदा प्रशासनको विश्वसनियता माथि प्रस्न चिन्ह खडा भएको छ । केहि समय अगाडी निषेधाज्ञा उलङ्घन गर्नेलाई कोरोनाले कारबाही गर्छ हामीले गर्नुपर्दैन भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिएका दुलालको बोली यथार्थमा सत्य नै हुन पुग्यो जस्ले गर्दा एक समय नुवाकोटमा कोरोना भाइरस सङ्क्रमणको दर तिव्र गतिमा बढीरह्यो भने उपचार र नियन्त्रणमा प्रशासनले महत्वपूर्ण निर्णय लिन सकेन ।

नुवाकोटमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण तिव्र गतिमा फैलिनुमा आफ्नो निर्णयको कार्यान्वयनमा चुकेको सिडियो दुलाल नै रहेको पाइएको छ ।

निरन्तर निषेधाज्ञाको समय थप्दै आएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले निषेधाज्ञाको समय थप्ने तर प्रभावकारी कार्यान्वयन नगरेको विदुर नगरपालिका वडा नं ४ का एक स्थानियले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्