• ९ माघ २०८१, बुधबार

नुवाकोटमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

नुवाकोट,१६ असार । संवैधानिक सरकारी कदम सच्याउनु पर्ने माग राख्दै आज नुवाकोटका संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।नेपाल विद्यार्थी संघ,अखिल –क्रान्तिकारी) र अनेरास्ववियु सहितको संयुक्त विद्यार्थी संगठनले केपि ओली नेतृत्वको सरकार राष्ट्रघाती भएको भन्दै त्यसका विरुद्ध नुवाकोट आर्दश बहुमुखी क्याम्पसअघि गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग समेत गरेको थियो । प्रहरी हस्तक्षेपका बीच पनि करिब एकसय भन्दा बढीको संख्यामा सहभागी विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्नुका साथै उहाँको नेतृत्वको सरकार विरुद्ध चर्का नाराबाजी सहित विरोध प्रदर्शनलाई सफल पारेका छन् ।ओली नेर्तत्वको सरकारले गरेको संसद विघटन जीतो असंवैधानिक कदम, महंगी, कालोबजारी नियन्त्रणमा असफलता, पेट्रोलियम पर्दाथमा आएको मुल्यवृधि, चुरेमाथी सरकारी गिद्धेदृसष्टि लगायत सरकारले गरिरहेको एकपछि अर्को जनविरोधी निर्णहरु रोक्नुपर्ने र त्यसलाई सच्याउन माग राख्दै विद्यार्थीहरुले नाराबाजी गरेका थिए । राजाको निरंकुशताविरुद्ध ६२–६३ सालमा संयुक्त युवा तथा विद्यार्थीहरुकै सयुक्त आन्दोलन बाटै तानाशाहिहरुको अन्त्य भएको भन्दै विद्यार्थी संगठन अखिल –क्रान्तिकारी) का जिल्ला अध्यक्ष विनोद कोईरालाले ओलीले गरेको प्रतिगमन भाग–१ आन्दोलनबाटै परास्त भएको भन्दै प्रतिगमन भाग–२ सहित केपी ओली र उनको सरकार पनि सधैका लागि बढारिने बताउनु भयो ।राष्ट्रघाती र जनविरोधी सरकारी बदमासी विरुद्ध खबरदारी गर्न कोरोना महामारीको विषेधाज्ञाका बीच पनि सडकमा उत्रिनुपरेको नेपाल विद्यार्थी संघका जिल्ला सचिव शंकर पाण्डेले बताउनु भयो । संसारमा प्रजातन्त्रको नाममा उदाएका निरंकुश शासकहरु कहिलै नटिकेको उल्लेख गर्दै ओली सरकारको अधिनायकवादी सत्ता पनि मेटिएर जाने विद्यार्थी नेता पाण्डेले दाबी गरे ।सरकारले संसद विघटन लगायत कयौं असंवैधानिक निर्णयबाट पछि नहटेसम्म विद्यार्थीहरुको संयुक्त आन्दोलनबाट ओली सरकारको विरुद्ध निरन्तर सडक संघर्षबाट खबरदारी जारी रहने अनेरास्ववियुका जिल्ला संयोजक ओमप्रकाश श्रेष्ठले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्