काठमाडौं, १७ असार । चीनमा आज कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको छ । चिनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपति सि जिनपिङको सरकार र चिनियाँ कम्युनिष्ट पार्टीलाई नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले शुभकामना व्यक्त गरेका छन् । विहिबार समाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै काँग्रेस नेता केसीले चिनियाँ जनता र चिनको कम्युनिष्टलाई शुभकामना दिएका हुन् । चिन र नेपाल बिचको समन्वय र सम्बन्ध आगामी दिनमा प्रगाढ बनाउँदै निरन्तरता दिनुपर्ने काँग्रेस नेता केसीद्वारा व्यक्त गरिएको शुभकामनामा भनिएको छ ।