• २४ मंसिर २०८१, सोमबार

मध्यावधि निर्वाचन : असोज २० र ३१ मा उम्मेदवारी मनोनयन, साउन १५ भित्र दल दर्ता

 काठमाडौं, २१ असार । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका बेला निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले आजै मतदाता नामावली, दल दर्ता र तथा उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका औपचारिक रूपमा सार्वजनिक हुने जानकारी दिनुभयो । एवीसी न्यूजलाई प्राप्त आयोगको बैठकले तयार पारेको तालिका अनुसार पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० गते उम्मेदवारी मनोनयन गर्ने तालिका बनेको छ । दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते उम्मेदवारी मनोनयनको तालिका तय भएको छ । सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ । आयोगले निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ ।





प्रतिक्रिया दिनुहोस्