• २२ भाद्र २०८१, शनिबार

संसद पुनःस्थापनाले संविधानको आधारभूत मुल्य, मान्यता र विधिको शासन स्थापित गरेको छ – कांग्रेस नेता केसी

काठमाडौं, २९ असार । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि नेताहरु तथा कानुनविद्हरुले विभिन्न प्रतिक्रिया व्यक्त गरेका छन्।

उनीहरुले सर्वोच्चको फैसला ऐतिहासिक भएको उल्लेख गर्दै सर्वोच्चले केपी ओलीको प्रतिगमनकारी कदमलाई रोक लगाएको र संविधानको रक्षा गरेको रुपमा लिएको जनाएका छन्।

सर्वोच्चको फैसलाका बारेका नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले प्रतिक्रिया दिँदै भने यो “ऐतिहासिक फैसलाको हार्दिक स्वागत छ”, उनले भने -“सर्बोच्च अदालतको संवैधानिक इजलाशले प्रतिनिधिसभा पुनःस्थापनाका साथै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्त्वमा सरकार गठनको आदेशले संविधानका आधारभूत मुल्य,मान्यता र विधिको शासन स्थापित गरेको छ।”

नेता केसीले सर्वोच्च अदालतको फैसलाबाट लोकतन्त्र र विधिको शासनको रक्षा भएको प्रतिक्रिया दिएका छन्।





प्रतिक्रिया दिनुहोस्