• ६ चैत्र २०८१, बिहीबार

पुन:स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, ३ साउन । पुनस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ मा प्रतिनिधिसभा पुन:स्थापना गरेपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा जेठ ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गराएकी थिइन् ।

बैठक नयाँ बानेश्वरमा अपरान्ह ४ बजे बस्नेछ । बैठकको सम्पूर्ण तयारी सकिएको छ ।

यसै गरी आज राष्ट्रिय सभा बैठक पनि चार बजे बोलाइएको छ ।





प्रतिक्रिया दिनुहोस्