• ६ चैत्र २०८१, बिहीबार

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद्‌ सचिवालयमा दर्ता

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ।

विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सभामुखमार्फत संसद्‌ सचिवालयमा दर्ता गराइसकेका सभामुखको सचिवालयले जनाएको छ।

आज बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिन लागेका हुन्‌।

​प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि संसदमा प्रतिनिधि गरिरहेका दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन्।

प्रतिनिधिसभा बैठकअघि कांग्रेसको संसदीय दलको बैठक दिउँसो २ बजे बस्दैछ।





प्रतिक्रिया दिनुहोस्