नुवाकोट, १० साउन । नेपाली कांग्रेसको आसन्न अधिवेशनमा विदुर नगरपालिकाको नगर सभापतिमा नेपाली कांग्रेसका युवा नेता शंकर पाण्डेले उम्मेदवारी दिने भएका छन् ।
देशमा पहिलो र दोस्रो पटक कोभिड १९ कोरोना भाइरस तिव्र गतिमा फैलिरहेको अवस्थामा पनि कुनै पर्वाह नगरी नुवाकोट जिल्ला भरी आफ्नो एउटा समूह बनाएर सामाजिक काममा खटिएका पाण्डे लगायतको टोलीलाई पटक पटक सामाजिक काम गरेकै आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
निरन्तर सामाजिक काममा सक्रिय देखिने पाण्डे विदुर नगरको युवा पुस्ताको आशलाग्दो अनुहार हुन् । हाल सम्म विवादरहित स्वच्छ छविका पाण्डे त्रिभुवन त्रिशुली वहुमुखी कलेजका निर्वाचित पुर्व स्ववियू सभापति र नेवि संघ नुवाकोटका जिल्ला सचिव भईसकेका लोकप्रिय व्यक्ति हुन् ।
दुई दशक लामो समयदेखि राजनीतिमा सक्रिय देखिने पाण्डेले कुनै लाभको पद धारण नगरी नुवाकोट जिल्लामा पार्टिले गरेका हर प्रकारका गतिविधिमा सरिक भई राजनीति र विभिन्न आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । पाण्डेले नगरवासीको हरेक समस्याको सहयात्री बन्न आफूले नगर सभापतिमा उम्मेदवारी दिन लागेको बताए।
“म संग धन छैन, म प्रख्यात उध्योगी, व्यापारी पनि हैन, मलाई कुनै दाई नेताको आशिर्वाद पनि छैन”, नेता पाण्डेले भने, “केवल निष्ठा, सिद्वान्त र विचार बोकेर नेपाली कांग्रेस र नुवाकोट वासीको हितको लागि अविराम लडिरहने प्रतिवद्वता व्यक्त गर्न चाहन्छु।”
सम्पुर्ण विदुर नगरपालिका भित्र नेपाली कांग्रेसका क्रियाशिल सदस्यको हौसला र चाहनाले आफूले नगर सभापतिमा उम्मेदवारी दिन लागेको पाण्डेले बागमती प्रेस संग बताए ।
नेता पाण्डेले सकारात्मक र रचनात्मक रुपमा आफूलाई सहयोग गर्न समेत सम्पूर्णमा आग्रह गरेका छन् ।