• २७ बैशाख २०८२, शनिबार

कोरोनाबाट एकैदिन ५५ जनाको मृत्यु,८ सय २ जना आईसीयूमा उपचाररत

साउन, २४ काठमाडौं । नेपालमा थप ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५५ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५  रहेको छ । जसमा ३१ हजार ९ सय ६३ जना होम आइसोलेसनमा छन् भने ३ हजार ५ सय २२ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ८ सय २ जना आईसीयूमा उपचाररत छन् भने १ सय ८१ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

गत २४ घन्टामा देशभर १ लाख ८४ हजार ३६  जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हालसम्म कोरोनाको दुबै मात्रा खोप लगाउनेको संख्या ६९ लाख ८६ हजार ४ सय ५१ पुगेको छ ।





प्रतिक्रिया दिनुहोस्