• २ फाल्गुन २०८१, शुक्रबार

आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय अध्यक्षमा चित्रकार मनोनयनसंगै सेवा विस्तारको अपेक्षा

नुवाकोट- आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय नुवाकोट सञ्चालन तथा व्यवस्थापनको अध्यक्षमा शिवकुमार चित्रकारलाई मनोनयन गरिएको छ ।

विदुर नगरपालिका वडा नं ५ मा सुविधासम्पन्न भवनसहितको उक्त चिकित्सालय उचित प्रचार प्रसारको अभावमा छायाँमा परेको छ । अध्यक्षमा चित्रकारको आगमनसंगै चिकित्सालयले सेवा प्रवाह विस्तारमा थप ठेवा पुुग्ने विश्वास गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरको बागमती प्रदेश स्वास्थ्य सेवा एन २०७५ को पहिलो २०८१ को दफा २६ ख, उपदफा २ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न दफा २६ क, उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरी दफा २६ क उपदफा (२) बमोजिम अध्यक्ष पदमा चित्रकारलाई मनोनयन गरिएको मन्त्रालयका सचिव सागरप्रसाद घिमिरेले जानकारी दिए ।

नेकपा एमाले नुवाकोट जिल्ला कमिटिका सचिव रहेका चित्रकार विदुर ५ को निवर्तमान वडा अध्यक्ष समेत हुन् ।





प्रतिक्रिया दिनुहोस्