नुवाकोट, ३० साउन । नुवाकोटको म्यागङ गाउँपालिका वडा नं. ६ मा शुक्रबार स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
“नेपालका लागि योगदान” नाम दिएको (खाल्साएड) अन्तर्राष्ट्रिय संस्थाले वडा नं. ६ मा स्वास्थ्य सामग्री वितरण गरेको वडाध्यक्ष अताम सिङ तामाङले बताए ।
संस्थाले ५ थान अक्सिजन कन्सन्ट्रेटर, २५ वटा पल्स अक्सिमिटर, १५ पाकेट माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको वडाध्यक्ष तामाङले जानकारी दिए ।
शुक्रबार बेलुकी भएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा दिनेश तामाङ, राम बन्जार, निमा शेर्पा लगाएतको स्थानीय नेता तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।