• २६ जेष्ठ २०८३, मंगलवार

नारायण खतिवडाले हामीले दिएको मतको दुरुपयोग गरे : प्रदेश मन्त्री पाण्डे

नुवाकोट, ३० साउन । नेकपा एमालेका नेता एवं बागमती प्रदेश समान्य प्रशासन तथा कानुन मन्त्री केशव पाण्डेले प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका पूर्व अध्यक्ष नारायण खतिवडालाई संविधान सभा निर्वाचनमा हामीले दिएको मतले चुनाव जितेर मतको दुरुपयोग गरेको टिप्पणी गरेका छन् ।

शनिबार नुवाकोटको विदुरमा नेकपा एमाले नुवाकोटको जिल्ला कमिटी बैठकमा बोल्दै मन्त्री पाण्डेले खतिवडालाई मतदिएर आफ्नो मतको दुरुपयोग भएको बताएका हुन् ।

खतिवडा संविधान सभा निर्वाचनमा नेकपा एमाले नुवाकोटबाट प्रतिनिसभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा एमाले नुवाकोटको पूर्व अध्यक्ष समेत रहेका खतिवडा हाल माधव कुमार नेपाल पक्षमा रहेका छन् ।

शनिबार मन्त्री पाण्डेले निर्वाचनमा नारायण खतिवडाले चुनाव जित्न आफ्नो मतको आवश्यकता पर्ने तर आफूलाई चुनाव जित्न खतिवडाको मत नचाहिने बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्