भदौ, १२ काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालजस्तो आफैंले आफैंलाई नेता हुँ भन्दै हिंड्ने मान्छे अहिलेसम्म नदेखेको बताएका छन्।
ललितपुरमा शनिबार आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘म नेता हुँ कसैको कार्यकर्ता होइन रे ! यस्ता मान्छे त मैले अहिलेसम्म देखेको छैन।’
एमाले छाडेर जानेहरू आफैं सकिँदै जाने ओलीले दाबी गरे। देशमा एमालेको विकल्पमा अरु कुनै पार्टीमा पुग्न नसक्ने बताए।
यस्तै, शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशको सरकारले क्रान्ति गरेको भ्रम छरेको आरोप लगाए। जनताको पार्टी एमाले नै भएकाले समृद्ध नेपाल सुखी नेपालीको अभियान थालनी गरिएको बताए।