• १० बैशाख २०८२, बुधबार

नुवाकोटमा कांग्रेसको वडा अधिवेशन २१ भदौमा

नुवाकोट, १७ भदौ । नुवाकोटमा नेपाली कांग्रेसको वडा अधिवेशन भदौ २१ गते हुने भएको छ।

बुधबार बसेको जिल्ला पदाधिकारी, सल्लाहकार, क्षेत्रीय सभापति, जिल्ला निर्वाचन अधिकृतसहितको भेलाले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो। जिल्लामा रहेको ८८ वटै वडामा २१ गते अधिवेशन गर्ने निर्णय भएको कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए।

१४ औं महाधिवेशनबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर अधिवेशनको प्रक्रिया अघि बढाउने उनले बताए। केसीले निष्पक्ष र सक्रिय ढंगले वडा तहको अधिवेशन गर्ने उद्घेश्यले भदौ २१ गते गर्ने सहमति भएको बताए।

सोहीअनुरुप ८८ वटा वडामै वडा निर्वाचन प्रतिनिधि पठाउने तयारी शुरू गरिएको छ। यसका लागि प्रशिक्षण दिने जनाइएको छ।





प्रतिक्रिया दिनुहोस्