काठमाडौं, १७ भदौ । तारकेश्वर नगरपालिकामा रहेर लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय स्थापित मानवअधिकारकर्मी हरि तिमिल्सिनाले नेपाली कांग्रेसको आसन्न अधिवेशनमा तारकेश्वर नगरपालिकाबाट नगर सभापतिमा चुनाव लड्ने घोषणा गरेका छन् ।
विगत १५ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय तिमिल्सिनाले नगरपालिकाका विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै नगरपालिकाको हरेक गलत निर्णयको विरुद्ध एक्लैले खबरदारी गर्दै आएकाछन् ।
उनले हेल्पिङ हेण्ड अस्पताल पुनः संचालन गरेर नगर स्तरीय अस्पताल बनाउन पर्ने भन्दै अभियान संचालन गरेका थिए।