• ३ चैत्र २०८१, सोमबार

काठमाडौंको नेपालटारमा प्रधानमन्त्री देउवा र मोदिको पुत्ला दहनसहितको विरोध प्रदर्शन

काठमाडौं, २३ भदौ । नेकपा एमाले निकट अनेरास्ववियु ग्रामीण आदर्श बहुमुखी क्याम्पस र राष्ट्रिय युवा संघ नेपाल ताराकेश्वर , एन आर क्याम्पस नेपालटारले बुधबार ताराकेश्वर नगरपालिका ११ नेपालटार चोकमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो । आन्दोलनकारीहरुले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला दहन गरेका थिए । प्रदर्शनमा अनेरास्ववियु र युवा संघका कार्यकर्ताले ” एमसिसी मुर्दाबाद, जयसिंह धामिलाई न्याय दे, वाक स्वतन्त्र कायम गर , ले ले जनता खुकुरी ले, प्रचण्ड र शेरबहादुरलाई छप्काइदे , नेकपा एमाले जिन्दावाद ” जस्ता नारा लगाई कार्यक्रम सम्पन्न गरेका थिए ।

प्रदर्शनका क्रममा युवा तथा विद्यार्थीहरुले राके जुलुश समेत निकालेका थिए। करिब एक सय बढी विद्यार्थीहरुले राके जुलुशसहित बिरोध प्रदर्शन गरेका थिए । आन्दोलनका क्रममा प्रहरी र आन्दोलन कारिहरुबिच झडप हुदा युवा संघका ताराकेश्वर नगर इन्चार्ज बलारामा सिटौला सहित दर्जनौं पर्दशनकरी घाइते भएका छन् ।

अनेरास्ववियु केन्द्रिय सदस्य तथा ग्रामीण आदर्श क्याम्पसका अध्यक्ष बाबुराम कुँवरले परमादेशबाट बनेको कम्फरटेबल सरकारले एमसिसी पास गरेमा थप सशक्त आन्दोलन गरिने जानकारी दिए । प्रदर्शनमा पानी परिरहेको भएतापनि आन्दोलनकारीको बाक्लो उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्