नुवाकोट,२ असोज । नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादीले आज नुवाकोटमा जिल्ला कमिटी गठन गरेको छ।
नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादी पाटिका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सासंद विरोध खतिवडाको प्रमुख अतिथि मा भेला सम्पन्न भएको हो ।
भेलालाई खतिवडाले सम्बोधन गर्दै अब आउने चुनावमा केपी शर्मा ओलीको भन्दा आफ्नो पार्टी ठूलो हुने दावी गरेका छन्।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नुवाकोट द्वारा आयाेजित जिल्ला कमिटी गठन तथा कार्यकर्ता भेलामा आफनाे मन्तव्य राख्दै खतिवडाले भने, ‘हेर्नुहोला, आउने चुनावमा केपी ओलिको पार्टीभन्दा हाम्रो पार्टी ठूलो हुन्छ, ठूलो भएन भने राजनिती वाट सन्यास लिने बताउनु भयाे।
खतिवडाले ओलीले झापामा चुनाव हार्ने डरले राप्रपासँग गठबन्धन गरेको आरोप लगाए। उनले भने, ‘जो मान्छेले झापाको एउटा सिट छोडेर राप्रपाको १५ हजार मत थपेर चुनाव जितेर आयो, त्यो मान्छेले आज यत्रो फुर्ती ? न माधव नेपालले राप्रपासँग एकता गरे, न विरोध खतिवडाले गर्यो ? न रामकुमारी झाँक्रीले गर्नुभयो ? २०६४ सालमा केपी ओली, झापाको दमकमा पाखामा भ्यागुतो पछारिएर उत्तानो टाङ लागेको मान्छे, सबैभन्दा लोकप्रिय र राष्ट्रवादी नेता उत्तानो टाङ, तर मैले त २०४८ सालदेखि लगातार चुनाव जितिरहेको छु।अबको चुनावमा पनि मलाई फलामको चिउरा हुँदैन।’केपी ओलीको भाषणमा माधव नेपाल र प्रचण्डलाई ९० प्रतिशत गाली र १० प्रतिशत त टुक्कामात्रै हान्ने काम गरेको उनले बताए।
‘केपी ओलीभन्दा माधव नेपाल सिनियर नेता हो, नेपाली राजनीतिमा माधव नेपालको हैसियत सम्मानजनक रहन्छ। उहाँले वामपन्थी आन्दोलनको नेतृत्व गर्नुहुन्छ, उनले भने।केपी ओली नेतृत्वमा पुगेपछि वामपन्थी आन्दोलन तहसनहस भएको उनले आरोप लगाए। भेलालाई सम्बोधन गर्दै नुवाकोटका पुर्व सासद तथा समाजवादी का नेता राजेन्द्र प्रकाश लोहनीले यात्रा गर्दा दुई चार जना साथीहरू ले छोडदा केही फरक नपर्ने र यात्रामा नयाँ साथीहरू थपिदै जानेछन र सगठन गतिशील भई बढने बताए ।
युवा संघ केन्द्रीय सचिवालय सदस्य तथा नुवाकाेट ईन्चार्ज उद्वव पनेरुले समाजवादअं पार्टी लाई जिल्लाकाे १२ वटै स्थानियतहमा संगठन बिस्तार गर्दै अघि बढ्ने घाेषणा गर्नुभयाे। पार्टीको हितमा युवापंक्तिहरु लाई परिचालन गर्दै वडा देखि जिल्लासम्म सहभागीता गराउदै समाजवादकाे यात्रालाई जनतासामु तत्काल लैजाने प्रतिवद्वता व्यक्त गरे। कार्यक्रममा प्रेस चौतारी नेपाल नुवाकोटका अध्यक्ष भोलाराज पौडेलले आज देखि प्रेस चौतारी नेपाल ,समाजवादी प्रेस सगठनमा समाहित भएको घोषणा गरेका थिए।
एकिकृत समाजवादी पार्टीकाे आजकाे भेलाले गोविन्द नेपालीकाे संयोजक रहने गरी १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। समाजवादी पाटि नुवाकोटको सल्लाहकारमा पुर्व सासद राजेन्द्र प्रकाश लोहनी, सुर्य कँडेल र अच्युत पाण्डे रहेका छन्। कार्यक्रममा स्वागत मन्तव्य महिला नेतृ शान्ता अधिकारले गर्नुभएकाे थियाे भने कार्यक्रम सञ्चालन पदम उप्रेतीले गरेका थिए। जेष्ठ सदस्य केशव पाण्डेकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियो ।