• २९ जेष्ठ २०८३, शुक्रबार

नेपाली कांग्रेस म्यागङ गाउँपालिका सभापतिमा गर बहादुर तामाङको उमेद्वारी घोषणा

नुवाकोट, ५ असोज । नुवाकोटको नेपाली कांग्रेस म्यागङ गाउँपालिकाको सभापतिमा कांग्रेस नेता गर बहादुर तामाङले आफ्नोे उमेद्वारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको जारी अधिवेशनमा गाउँपालिकाको सभापतिमा आफ्नो उम्मेद्वारी रहेको तामाङले बागमती प्रेसलाई जानकारी दिए ‌।

१० बर्ष लामो समय नेपाली कांग्रेस साविक बुङताङ गाविसको वडा सभापति भइसकेका तामाङले आफूसँग गाउँपालिकाको नेतृत्व गर्ने स्पष्ट दृष्टिकोण र कार्ययोजना रहेको बताए ।

समाज सेवामा समेत संलग्न तामाङले गाउँपालिका सभापतिमा आफूले जितेको खण्डमा संगठन निर्माणमा लागि पर्ने र आगामी निर्वाचनमा सबै वडा र गाउँपालिकाको जनप्रतिनिधि कांग्रेसमय हुने बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्