• २२ भाद्र २०८१, शनिबार

परराष्ट्रमन्त्रीको शपथ लिँदै कांग्रेस नेता डा.नारायण खड्का

असोज ६, काठमाडौं । प्रधानमन्त्री देउवाले आफ्नै पार्टीका नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्दे छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाउन हतार भएपछि प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन् । सत्तारुढ गठबन्धनको मंगलबार बसेको बैठकमा परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति जुटाएर खड्कालाई मन्त्री बनाउन लागिएको हो ।

डा. खड्कालाई आज परराष्ट्रमन्त्री नियुक्त गरेर आजै सपथ गराउने तयारी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले यस विषयमा कांग्रेस पार्टीमा भने छलफल गरेका छैनन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुको सहमति विना मन्त्री नियुक्त गरिए स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् । पौडेलले यसै विषयमा छलफल गर्न आज आफ्नो समूहको बैठक पनि डाकेका छन् ।





प्रतिक्रिया दिनुहोस्