किस्पाङ, ९ असोज । नेपाली कांग्रेस नुवाकोटको किस्पाङ गाउँपालिका सभापतिमा रन बहादुर लामा सर्वसहमतीबाट निर्वाचित भएका छन् ।
किस्पाङ गाउँपालिकामा शनिवार भएको अधिवेशनले नेपाली कांग्रेस गाउँपालिकाको सभापतिमा नेता लामालाई सर्वसहमतीबाट निर्वाचित गरिएको गाउँपालिकाका एक कांग्रेस नेताले जानकारी दिए ।
कांग्रेस नेता लामा किस्पाङका पूर्व कांग्रेस सभापति समेत भइसकेका छन् ।
पार्टी प्रति सधैँ ईमान्दार, गुटको राजनितीमा नलाग्ने सरल स्वभावका नेता लामा पार्टी भित्र एक कुशल संगठकका रूपमा परिचित छन् ।