• २२ मंसिर २०८१, शनिबार

कार्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

काठमाडौं, २ कार्तिक । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन गरेको छ । मंगलबार उक्त कार्यक्रमको मिति परिवर्तन गरेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले जानकारी दिएको छ ।

भिटामिन’ए’ र जुकाको औषधि नियमित झैं कार्तिक ३ र ४ गते खुईरहेको तर यस बर्ष दशैंको अवधि भित्र पर्न गएकोले मिति परिवर्तन गरिएको केन्द्रले जनाएको छ ।

मिति परिवर्तन गरेर भिटामिन’ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कार्तिक ७ र ८ गते रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले जानकारी दिएको छ ।

साथै बालबालिकालाई भिटामिन’ए’र जुकाको औषधि खुवाउन जाँदा सहि तरिकाले माक्स लगाएर जान, कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्