• १२ बैशाख २०८३, शनिबार

चिसो मौसममा नवजात शिशुको स्याहार कसरी गर्ने ? यसो भन्छन् डा.पाठक

जन्मदेखि २८ दिनसम्मको शिशुलाई नवजात शिशु भनिन्छ । अन्य उमेर समुहको तुलनामा यस उमेर समुहमा मृत्युदर उच्च रहेकाले नवजात शिशु स्वास्थ्यको दुष्टिकोणले अत्यन्त जोखिमयुक्त समय मान्न सकिन्छ । नवजात शिशुको स्वास्थ्यमा धेरै कुराहरुले असर गर्छ जसमध्ये मौसम परिवर्तन पनि एक हो ।

चिसो मौसममा नवजात शिशुको तापक्रम कमि भई (ज्थउयतजभलष्ब)भई शिशुको मृत्युसम्म हुन सक्ने लगायत अन्य थुप्रै असरहरु देखिन सक्छ । साथै चिसो मौसममा बन्द कोठामा गुम्सिएर धेरै जना बस्ने र चिसोको कारणले बारम्बार हात धुने काममा पनी कमी आउने हुनाले कोभिड लगायत अन्य श्वासप्रश्वास सम्बन्धी सङ्क्रामक रोगहरु पनि बढी देखिन्छ । 

त्यसको साथै नवजात शिशुलाई आगो बालेर सेक्ने चलन हाम्रो गाउँघरमा चलिआएको छ । यसो गर्दा धुवाले श्वासप्रश्वासको समस्या बढाउने सम्भावना एकातिर छ भने बन्द कोठामा आगो बालेर सुत्दा कार्वनमोनोअक्साइडको विषले मृत्यु समेत हुन सक्छ । 

नवजात शिशुमा तापक्रमको कमी (हाइपोथेमिया) किन हुन्छ ?
सामान्यतया शिशुको तापक्रम ३६.५ देखि ३७.५ डिग्री सेल्सियस हुन्छ । शिशु जन्मेने बितिकै आवश्यक स्याहार गरिएन भने जन्मेको २० देखि ३० मिनेटमा शिशुको तापक्रम २ देखि ४ डिग्री सेल्सियसले घट्छ । 

शिशुको तापक्रम यसरी घट्नुमा शिशुको छाला कमलो हुनु,जन्मदा पानीले भिजेर चिसो हुनु,तुलनात्मक रुपमा बढी सर्फेस यरीया (द्यक्ब्) बढी हुनु तापक्रम उत्पादन गर्ने पद्धतिको राम्ररी विकास नहुनु,शरीरमा बोसोको मात्रा कम हुनु जस्ता कारणहरु हुन । 

तापक्रम कम भएर नवजात शिशुमा देखिने असरहरु :
विश्व स्वास्थ्य संगठनको वर्गीकरण अनुसार शिशुको तापक्रम ३६ डिग्रीदेखि ३७.५  डिग्री सेल्सियसलाई सामान्य (माइल्ड हाइपोथेमिया कोल्ड स्टे«स) ३२ डिग्रीदेखि ३६ डिग्रीलाई  मोडरेट र ३२ डिग्री सेल्सियसलाई सिभर हाइपोथेमिया भनिन्छ । 

शिशुको तापक्रम जति कम भयो र जति लामो समयसम्म कम भयो उति बढी जोखिम हुन्छ । यसरी तापक्रम कम भएमा शिशुको सुगरमा कमी,संक्रमणको जोखिम,श्वासप्रश्वासमा समस्या,फोक्सो र दिमाखमा रगत बग्नुको साथै फोक्सो तथा मुटुमा असर गरी शिशुको मृत्यु सम्म हुनसक्छ । 

हाइपोथेमिया रोकथामका उपायहरु :
१.शिशु जन्मेको समयमा प्रसुति गराउने कोठा न्यानो राख्ने (२५ डिग्री सेल्सियस देखि २७ डिग्री सेल्सियस सम्म) शिशुलाई आमाको पेट तथा छातीमा टाँसेर राख्ने,तुरुन्त न्यानो र सफा कपडाले शिशुलाई सफा बनाउने,शिशुलाई न्यानो कपडाले बेरेर आमासँगै राखेर आवश्यक अनुसार स्तनपान गराउने । 
२. शिशुलाई कपडाले बेर्दा एउटै बाक्लो कपडा भन्दा थुप्रै पत्र पत्र भएको कपडाले बेर्ने । 
३.कम तौल र कम उमेरका नवजात शिशुहरुलाई मायाको अगालोमा बेरेर राख्ने । 
४.कम तौल र सिकिस्त शिशुलाई अस्पताल लैजाने बेलामा तापक्रम कम हुन नदिन विशेष ध्यान दिने । 

 (डा.पाठक नवजात शिशु तथा अति सघन उपचार विशेषज्ञका रुपमा भरतपुर अस्पतालमा कार्यरत छन्)





प्रतिक्रिया दिनुहोस्