• २५ आश्विन २०८३, आईतवार

माधव नेपाल र झलनाथ खनालबिनाको एमालेको पहिलो महाधिवेशन

केही मान्छे बाहिरिएर पार्टीलाई असर गरेको छैन : प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा चितवनमा आजबाट सुरु भएको छ। नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबिनाको पहिलो महाधिवेशन गर्न लागेको हो। 

अध्यक्ष केपी शर्मा ओलीसँगको आन्तरिक टकरावको कारणले माधव नेपाल र झलनाथ खनाल समूहले पार्टीबाट विद्रोह गरे। अहिले नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेर अघि बढिरहेका छन्। 

लामो समय एमालेको नेतृत्व सम्हालेको नेता नेपाल र खनालबिना महाधिवेशन गदैछ। एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको भए पनि अन्य शीर्ष नेताहरूलाई बोलाउँदा माधव नेपाललाई उद्घाटन सत्रमा बोलाइएको छैन। 

यस्तै, कार्यक्रममा एमाले उपाध्यक्षबाट राजीनामा गरेर बसेका वामदेव गौतम पनि एमालेमा छैनन्। ओलीसँगै अन्तरविरोधको कारणले एमालेका शिर्ष नेताहरुले पार्टी छाडेका छन्। 

अहिले साविक नेकपासँगको पार्टी एकतापछि भंग भएपछि पूर्वमाओवादी केन्द्रका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका नेताहरु एमालेमा रहेका छन्। 

तर, कार्यक्रम सञ्चालन गरिरहेका एमाले सचिव प्रदिप ज्ञवालीले पार्टीबाट केही मान्छे बाहिरिएर कुनै असर नभएको जिकिर गरे। 

उनले भने, ‘देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले नै हो भन्ने यहाँको मावलले प्रष्ट भइसकेको छ। त्यसैले पार्टीबाट केही मान्छे बाहिरिएर असर गरेको छैन। पहिलो ठूलो राजनीतिक दल नेकपा एमाले नै हो।’