काठमाडौं, ४ पुस । सरकारले आजदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउँदैछ ।
यसअघि लगाइएको जिल्लाबाहेक ५७ जिल्लामा १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई मोडर्ना खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले सबै १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई आ–आफ्नो विद्यालयमा अनिवार्य खोप लगाउन आग्रह गरेको छ ।
खोप शाखाका प्रमुख डा.सागर दाहालले आजदेखि पुस १३ गतेसम्म मोडर्नाको खोप लगाइने र खोपको दोस्रो मात्रा माघ २ देखि १२ गतेसम्म दिइने बताए ।
उनले खोप अभियान विद्यालयमा सञ्चालन हुने भएकाले बालबालिकालाई सहज हुने हुँदा आपूm अध्ययनतर विद्यालयमा अभिभावकसँगै गएर खोप लगाउन पनि सबैलाई आग्रह गरेका हुन् ।
सामुदायिक र नीजि दुबै विद्यालयमा खोप लगाइने भएकाले थप सहज हुने उनको भनाइ छ ।
सरकारले कोभ्याक्स सुविधामार्फत् विभिन्न चरणमा बालबालिकाका लागि प्रभावकारी मानिएको मोडर्ना र फाइजर खोप प्राप्त गरेको छ ।
यसअघि आएको मोडर्ना खोप देशका २४ अस्पतालबाट १२ देखि १८ वर्ष मुनिका दीर्घरोगी बालबालिकालाई कात्तिक २८ देखि मङ्सीर ४ गतेसम्म लगाइएको थियो ।
यी जिल्लामा लगाइँदै छ मोडर्ना खोप :