काठमाडौं, ३० पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार १ हजार ४ सय ४६ जना थपिएका थिए भने मंगलबार २ हजार ४ सय ४४ जना र बुधबार हजार ७५ जना थपिएका थिए। बिहीबार ३ हजार ५ सय ५३ संक्रमित थपिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १३ हजार ४७४ जनाको पिसिआर परीक्षण र ७ हजार ८६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
हालसम्म संक्रमितको संख्या पिसिआर परीक्षणबाट ८ लाख ४५ हजार ५०५ र एन्टिजेन परीक्षणबाट १ लाख १०८ रहेको छ।
निको हुनेको संख्या ३०६ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निको हुनेको कूल संख्या ८ लाख १५ हजार ६५३ पुगेको छ।
संक्रमणबाट शुक्रबार ३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१३ रहेको छ।
नेपालमा हाल १८ हजार २३५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ लाख २० हजार ३६७ खोप लगाइएको छ।