काठमाडौं : सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थीहरुले कालोझण्डा देखाएका छन् ।
गठबन्धनका सरकारले नियतबस नै स्थानीय तहको निर्वाचन टार्ने खेलमा लागेको भन्दै उनीहरुले मंगलबार बिहान ललितपुरको पुल्चोकमा मन्त्री कार्कीलाई नाराबाजीसहित कालोझण्डा देखाएका हुन् ।
आन्दोलनका कार्यक्रममा स्थानीय तहको चुनावकाे मिति नतोकिएकाले प्रतिकात्मक रुपमा मन्त्रीहरुलाई कालोझण्डा देखाइएको अनेरास्ववियूले जनाएको छ ।
गठबन्धन सरकार स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाउने खेलमा लागेको आरोपसहित अनेरास्ववियू आन्दोलित छ ।