नुवाकोट, १५ चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँदेखि केन्द्रसम्म माहोल तातिँदै गएको छ ।
२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लालिमाया तामाङले नुवाकोटको म्यागङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
सोमबार बागमती प्रेससँगको कुराकानीमा महिलाको नेतृत्वको लागि आफू गाउँपालिका अध्यक्ष पदमा प्रतिस्पर्धामा आउने तामाङले बताईन ।
कृष्ण प्रसाद भट्टराई नेपाली कांग्रेसको सभापति हुँदा वि.सं. २०४७ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएकी लालिमाया तामाङ बाह्रौ, तेह्रौं, र चौधौं महाधिवेशनमा महासमिति सदस्य समेत भइसकेकी छिन् ।
२०५४ सालमा भएको निर्वाचनमा साविकको बुम्ताङ बाट वडाध्यक्षमा मात्र २ भोटको मतान्तरले हार स्विकार्नुपरेको थियो ।
उनले नेपाली कांग्रेसको राजनैतिक हरेक गतिविधीमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छिन् ।
पार्टी जिवनको लागि आफ्नो जिवनको समर्पण गरेकी लालिमायाले पार्टी प्रति गरेको योगदानको मुल्याङ्कन भने भएको देखिँदैन् । यदि नेपाली कांग्रेसले लालिमायाको कामको उचित मुल्याङ्कन गरेको भए नेपाली कांग्रेसबाट उनि मात्र एक उमेद्वार हुने थिइन् ।
विहानीको घाम उदायदेखि बेलुकी घाम नअस्ताएसम्म लालिमाया तामाङ समाजिक सेवामा क्रियाशील देखिन्छिन् ।
यदि आफूलाई पालिकाको अध्यक्ष बनेर काम गर्ने अवसर दिईयो भने आफ्नो स्थानिय तहको भ्रष्टाचार शुन्य पार्ने तामाङले प्रतिबद्धता जनाएकी छन् ।
आसन्न स्थानिय तहको निर्वाचनमा पालिकाका अधिकांश जनताहरुले गाउँपालिका अध्यक्षमा लालिमायाको उमेद्वारी हुनुपर्ने बताइरहेका छन् ।
यदि गाउँपालिका अध्यक्षमा तामाङको उमेद्वारी भएमा कांग्रेसले जित्ने सम्भावना पनि रहरको स्थानियहरु बताउँछन् ।