• १५ आश्विन २०८२, बुधबार

दुप्चेश्वर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट युवा नेता सरोज केसीको चर्चा

नुवाकोट, २७ चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँदेखि केन्द्रसम्म माहोल तातिँदै गएको छ ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै गाउँ गाउँमा नेता कार्यकर्ताहरु चुनावी छलफल गर्न लागेका छन् । चोक चोकका चिया पसल,चौतारीमा बसेर यो उठ्ने, त्यो त नउठ्ने रे अहिले, त्यो उठे त जित्दैन , यसलाई उठाए जिताउन सकिन्छ जस्ता कुराहरु गुन्जायमान हुन लागेका छन् ।

यस्तै नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट को उम्मेद्वारी बन्ला भन्ने विषयले निकै चर्चा पाएको छ । पार्टी कार्यसमितिबाट संभावित दर्जन मान्छेकाे नाम सिफारिस भएकाे तर यहाँ मात्र हैन जिल्लैभरि नै यस्तै देखिन्छ।

दुप्चेश्वरमा कांग्रेसी नेताहरू टिकटको दौडधुपमा लागिरहेका छन् । कांग्रेसबाट सजिलोसँग चुनाव जितिने भएकाले अध्यक्षमा धेरैले दाबी गर्नु स्वभाविक भएको स्थानीय नेताहरु भन्छन् ।

नेपाली कांग्रेसका युवा नेता सरोज केसीले आगामी स्थानीय निर्वाचनमा पार्टीले जिम्मेवारी दिएको खण्डमा दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष बनी दुप्चेश्वरवासीको सेवा गर्ने इच्छा रहेको बताएका छन् ।

समाजसेवी केसी जोश, जाँगर र उत्साहका धनी युवा नेता हुन् । त्यसलाई आफ्नो पालिकाको सर्वाङ्गीण पक्षको विकास (कृषि, पर्यटन र भाैतिक पुर्वाधार ) र आर्थिक समृद्धिको अभियानमा जोड्न सकिन्छ भन्ने उनलाई लागेको छ ।

‘मेरो सक्रियताको प्रयोग पार्टीले गर्नुपर्छ भन्ने मान्यता मैले राखेको छु, पार्टीले विस्वास गरि उमेद्वार बनाउँदा संविधानकाे मर्म र यहाँका नागरिककाे भावनालाई आत्मसाथ गर्दै यस पालिकाकाे मुहार फेर्न काबिल छु, पार्टीकाे शिर कहिले पनि निउराउन दिन्नँ । यदि अरू साथिहरुले पाउँदा पनि दत्तचित्त भयर अग्र माेर्चामा लाग्छु, मैले पाउँदा ठिक नपाउँदा देखाईदिन्छु भन्ने दरिद्र साेच कदापि राख्दिनँ, म एउटा पार्टीकाे कर्तव्यनिष्ठ सिपाही हुँ’, केसीले भने ।

स्थानीय तहको नेतृत्वमा युवा पुस्ताको सक्रियता बढ्दै गए मात्र देशले विकासको गतिलिन सक्ने उनी बताउँछन् ।

राजनीतिक विश्लेषण र मूल्याङ्कन गर्न सक्ने क्षमताका केसी शैक्षिक आन्दोलन र सामाजिक अभियानमा पनि सामेल हुँदै आएका छन् ।

दुप्चेश्वर गाउँपालिकाका अग्रज नेता, युवा, साथीहरु र जनताको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै नेता केसीले यसपटकको स्थानिय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा आफ्नो उमेद्वारी रहेमा सबैले साथ दिने अपेक्षा गरेका छन् ।

केसीले गाउँपालिका अध्यक्षमा जित्नेमा आफूहरु ढुक्क भएको कांग्रेस नेताहरुले दावी गरेका छन् ।

केसीको उमेद्वारी एक उमेद्वारी मात्र नभएर गाउँपालिकावासीको आकांक्षा पनि रहेको देखिन्छ ।
यस भेगकाे विकास निर्माण र नागरिकका व्याक्तिगत तथा सामाजिक कामहरूमा अग्रणि रूपमा प्रस्तुत हुन्छन् नेता केसी ।

लामाे समय देखि रजनितिमा क्रियाशील केसीकाे धेरै समय विद्यार्थी राजनीतिबाट आफूलाई खराे सावित गराउन बितेकाे छ, स्वतन्त्र विद्यार्थी युनिययनकाे सभापति, ने.बि. संघ नुवाकाेटका सचिव हुँदै अन्य सामाजिक संस्था, लायन्स क्लब जस्ताे अन्तराष्ट्रिय सामाजिक संस्थामा पनि अध्यक्षकाे भूमिकामा काम गरेकाे अनुभव उनिसँग रहेको छ ।





प्रतिक्रिया दिनुहोस्