• २४ मंसिर २०८१, सोमबार

प्रशासन बिहिन हुदाँ त्रिशुली अस्पतालको कन्त विजोग !

विदुर- नुवाकोट मात्र नभई रसुवा र धादिङ जिल्लालाई समेत सेवा प्रवाह गर्दै आएको त्रिशुली अस्पतालको गुणस्तरी सेवा भने दिन प्रति दिन खस्कदो छ । अस्पताललाई व्यवस्थीत तरिकारले सञ्चालन गर्ने जिम्मा पाएको व्यवस्थापन समितिका पदाधिकारी नै अस्पतालको अवस्था बारे बेखबर जस्तै छन् ।

अस्पतालले दिदैँ आएको सेवा घट्दो क्रममा छ । सामान्य किसिमका शल्यक्रिया (अप्रेसन) समेत गर्न नसक्ने अवस्थामा त्रिशुली अस्पताल रहेको छ । सामान्य भन्दा सामान्य औषधि समेत अस्पतालमा नहुदाँ बिरामीहरु काठमाण्डौँ जान बाध्य छन् ।

देश कै नमुना अस्पतालको उपाधि पाएको त्रिशुली अस्पताल अहिले भद्रगोल अवस्थामा रहेको छ । समयमा नै तलब नपाउने कर्मचारीको गुनासो त छदैछ शैयामा उपचार गरिरहेका बिरामी समेत अस्पताल प्रशासनको कारण त्यसको प्रत्यक्ष मारमा छन् । उपचारको ठूलो आशा बोकेर अस्पताल पुगेका बिरामी सामान्य औषधि जिल्ला अस्पतालमा नहुदाँ आफ्नै ठाउँमा उपचार हुन बाट बन्चित हुनु परिरहेको छ । अस्पताल व्यवस्थापन समितिका पदाधिकारी मौन रहेका छन् ।

केहि समय अगाडी मात्र जिल्लामा नै सबै खाले स्वास्थ्य सुविधा पाउने खुसिमा रहेका नुवाकोटका नागरिक आज सोहि अस्पतालमा सामान्य उपचारको लागि पुग्दा कहिले औषधी नहुने त कहिले डाक्टर नहुने भन्दै र्फकन बाध्य छन् । गुणस्तरी सेवा प्रदान गर्दै आएको अस्पताल पछिल्लो समय दिदैँ आएका सेवा दिन नसक्नु अस्पताल प्रशासनको कमजोरी हो । त्यस्ता कमजोरी समयमा नै समाधान हुनु आवश्यक छ । ताकि आम सर्वसाधरणले आफ्नै ठाउँमा स्वास्थ्य सेवा पाउन सकुन् ।





प्रतिक्रिया दिनुहोस्