• ५ बैशाख २०८३, शनिबार

करेन्ट लागेर चार वर्षीया बालिकाको मृत्यु

नुवाकोट, साउन १६ – नुवाकोटको बेलकोटगढी नगरपालिका–१० धमलेमा करेन्ट लागेर एक चार वर्षीया बालिकाको ज्यान गएको छ।

जिल्ला दाङ, तुलसीपुर नगरपालिका–७ स्थायी घर भई हाल शिब अधिकारीको घरमा रेखदेख तथा खेतीपाती गर्न बसेकी विजय राना मगरकी छोरी आँचल राना मगर (उमेर करिब ४ वर्ष) घरमा खेल्ने क्रममा मोबाइल चार्ज गर्ने प्लग छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते बालिकालाई तुरुन्तै उपचारको लागि त्रिशुली अस्पताल, नुवाकोट लगिएको थियो। तर उपचारकै क्रममा दिउँसो करिब २:१० बजे उनको मृत्यु भएको हो।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृत सहितको टोली खटिई घटनास्थलको अनुसन्धान, लाश जाँच र मुचुल्का तयार पारिएको छ। मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ





प्रतिक्रिया दिनुहोस्