• ९ माघ २०८२, बिहीबार

विदुर–५ मा नेपाल तरुण दलको नयाँ नेतृत्व, अध्यक्षमा बिशाल चित्रकार चयन

नुवाकोट, साउन १७ — नेपाल तरुण दल विदुर नगरपालिका वडा नं. ५ को आज सम्पन्न भेलाले नयाँ नेतृत्व चयन गरेको छ। भेलाले सर्वसम्मत रूपमा बिशाल चित्रकारलाई वडा अध्यक्षमा चयन गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा कांग्रेस नेता सिहराज घलेको विशेष उपस्थितिमा अध्यक्ष चयन गरिएको हो।

अध्यक्षबाहेक अन्य पदाधिकारी र सदस्यहरू पछि चयन गर्ने निर्णय गरिएको भेलाले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिहराज घलेले भने,

“तरुण दल युवा नेतृत्वको पाठशाला हो। बिशाल चित्रकारको नेतृत्वमा संगठन थप सशक्त र गतिशील हुने विश्वास लिएको छु। पार्टीभित्र युवाहरूको सक्रियता बढाउन तरुण दलको भूमिका अझ महत्वपूर्ण छ।”

उनले संगठनलाई सुदृढ बनाउन एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै पार्टी र देशको भविष्य युवाको काँधमा रहेको उल्लेख गरे।

भेलामा सहभागी तरुण नेताहरूले संगठनको मजबुती, विकास र एकताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका थिए।

नेपाल तरुण दल नेपाली कांग्रेससँग आबद्ध युवाहरूको सशक्त भातृ संस्था हो, जसले पार्टीको विचार, नीति तथा कार्यक्रमलाई युवावर्ग माझ प्रवाह गर्दै आएको छ





प्रतिक्रिया दिनुहोस्