• २ फाल्गुन २०८१, शुक्रबार

डाेनर खाल्सा एन ईन्टरनेशनल र ब्लड अन रिक्वेस्ट इन नुवाकोटद्वारा विदुर नगरपालिकाको विभिन्न वडाहरुमा खाध्यान्न तथा एम्बुलेन्स चालकलाई स्वास्थ्य सामग्री वितरण

नुवाकोट, ६ असार । डाेनर खाल्सा एन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा दिपक भुजेलको पहलमा विदुर नगरपालिकाको विभिन्न वडाहरुमा खाध्यान्न सामग्री तथा एम्बुलेन्स चालकलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

डाेनर खाल्सा एन ईन्टरनेशनलको आर्थिक सहयोग तथा दिपक भुजेलको पहल र बल्ड अन रिक्वेस्ट इन नुवाकोटका संयोजक मच्छिन्द्र नरसिंह प्याकुरेल, नुवाकोट जिल्ला एम्वुलेन्स चालक संघका सचिव दिपक भुजेलर सल्लाहकार श्रीकृष्ण आचार्यको समन्वयमा विदुर नगरपालिकाको वडा नं २,३,८,१३ का २ सय ७५ परिवारलाई खाध्यान्न सामग्री प्रदान गरेको हो ।

खाद्यान्न सामग्रीहरु वितरण गर्दा वडा नं २ मा १६ घरपरिवार, वडा नं ३ मा १ सय १० घरपरिवार, वडा नं ८ मा ५९ घरपरिवार र वडा नं १३ मा ९० घर परिवार गरि जम्मा २ सय ७५ घर परिवारलाई खाध्यान्न सामग्री वितरण गरिएको ब्लड अन रिक्वेस्ट इन नुवाकोटका संयोजक मच्छिन्द्र नरसिंह प्याकुरेलले जानकारी दिए ‌।

वितरण गरिएको खाध्य सामाग्रिहरूमा दाल, चामल आलु, नुन, तेल र प्याज तथा मन्जन लगाएतका सामग्रीहरु पनि वितरण गरिएको थियो ।

आइतबार गरिएको राहत वितरणमा विदुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष बद्री रिमाल, वडा नं १३ का वडाध्यक्ष दलबहादुर तामाङ, वडा नं ८ का वडा सदस्य तोयानाथ गौतम, सरोज ला‌मालगायतको उपस्थिति रहेको थियो ‌।





प्रतिक्रिया दिनुहोस्