• १५ आश्विन २०८२, बुधबार

पूर्वमन्त्री मैनालीद्वारा नुवाकोट तलाखुमा हत्या गरिएका सुमनप्रति श्रद्धाञ्जली व्यक्त

नुवाकोट, २५ मंसिर । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री बद्री मैनालीद्वारा नुवाकोट तलाखुमा हत्या गरिएका सुमन थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शुक्रबार मृतक थापाको घर पञ्चकन्या ३ राहुटार पुगी थापाप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भनी समवेदना व्यक्त गरेका हुन् ।

उनीसँग एमाले जिल्ला कमिटी सदस्य दिपक कार्की, रामेश्वर कुइँकेल, केदार थापा लगायतको उपस्थिति रहेको थियो । नेता मैनालीले हत्यामा संलग्न अपराधीको तत्काल पहिचान गरी दोषीमाथि कारबाहीका लागि आफ्नो तर्फबाट पनि पहल गर्ने समेत बताए ।





प्रतिक्रिया दिनुहोस्