• १६ आश्विन २०८२, बिहीबार

एमाले नुवाकोटको सातौँ जिल्ला अधिवेशन पुस २३ मा हुने

प्रचारप्रसार उपसमितिको संयोजकमा उपाध्यक्ष बद्री मैनाली

नुवाकोट, १२ पुस । नेकपा एमाले नुवाकोटको सातौँ जिल्ला अधिवेशन जिल्ला सदरमुकमा विदुरमा पुस २३ गते हुने भएको छ । आइतबार विदुरमा रहेको एमाले पार्टी कार्यालयमा भएको जिल्ला कमिटीको १८ औँ बैठकले पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

करिब ९ सय प्रतिनिधिकोबीचमा अधिवेशन हुने चय भएको जिल्ला उपाध्यक्ष बद्री मैनालीले जानकारी दिए । उपाध्यक्ष मैनालीले पुस २३ को अधिवेशनका लागि पुस १७ गते ८८ वटा वडामा एकै दिन प्रतिनिधि छनौट हुने जानकारी दिए । उनले प्रतिनिधि छनौट तीन ढंगले प्रतिनिधिको चयन हुने जानकारी दिए ।

No description available.

जस अनुसार खुला २५ संगठित सदस्य बराबर १ प्रतिनिधि, महिला २० संगठित सदस्य बराबर १ प्रतिनिधि र दलित १५ संगठित सदस्य बराबर १ प्रतनिधि चयन हुनेछ । दलित कोटामा प्रतिनिधि चयनका लागि पालिकालाई भूगोल मानिने छ भने त्यसमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने मापदण्ड तय भएको मैनालीले जानकारी दिए ।

एमाले बागमती प्रदेशका इन्चार्ज काशिनाथ अधिकारी, बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डे, नुवाकोट इन्चार्ज विन्दा ढुंगाना लगायतको विशेष उपस्थितमा भएको बैठकले अधिवेशन सफल पार्न विभिन्न ६ वटा उपसमिति गठन गरेको पार्टी प्रचार विभाग प्रमुख माधवप्रसाद तिवारीले जानकारी दिए ।

बैठकले २६० सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी र ६ वटा उपसमिति गठन गरेको छ । अध्यक्ष नारायणप्रसाद खतिवडाले बैठकमा राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

एमालेले गठन गरेको आवास तथा खाद्य उपसमितिको संयोजकमा उपसचिव विष्णु लोहनी संयोजक रहेका छन । जसको सदस्यमा सुदर्शन नेपाल, नारायण घिमिरे, गीता दाहाल, लेनिन रञ्जित, नविन प्रधान, राजेन्द्र रिजाल, टलकमान श्रेष्ठ, सुमन पाठक, शिव चित्रकार, सञ्जिव श्रेष्ठ, दामोदर नेपाल रहेका छन ।

No description available.

त्यस्तै उपाध्यक्ष मैनालीको संयोजकत्वमा प्रचार उपसमिति गठन गरिएको छ । जसको सदस्यमा माधवप्रसाद तिवारी, शरण उत्सुक, नारायण बस्नेत, देवचन्द्र भट्ट, विष्णु तारुके, नवदीप अजनवी, बच्चुमाया सुनारी मगर, कल्पना न्यौपाने, श्रीकृष्ण खतिवडा, श्याम लामा, राजु तिवारी रहेका छन ।

त्यस्तै कोषाध्यक्ष काशिराज अधिकारीको संयोजकत्वमा आर्थिक उपसमिति गठन भएको छ । जसको सदस्यमा सञ्जु पण्डित, राजेन्द्ररमण खनाल, पूर्णलाल श्रेष्ठ, रमेश वस्ती, रोजिना राई, रमेश श्रेष्ठ, शिवराम थापा, शनि चित्रकार, सीताराम अर्याल, तोयानाथ तिमल्सिना, अनन्त नेपाल, पशुपति लोहनी, अम्बिाका तामाङ, भोजप्रसाद पुडासैनी, बाबुराम गजुरेल, पूर्णबहादुर त्रिपाठी, रामहरि पाण्डे, डिल्लीराम सिलवाल रहेका छन ।

त्यस्तै दीपक कायस्थको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसको सदस्यमा निलमबाबु ढुंगेल, राजकुमार श्रेष्ठ, विवेक घिमिरे, राजन ढकाल सदस्य रहेका छन ।

No description available.

त्यस्तै सचिव बुद्धि प्रधानको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन भएको छ । जसको सदस्यमा विष्णु लोहनी, गणेश श्रेष्ठ, अरुण श्रेष्ठ, यम खतिवडा, राजेन्द्र प्रकाश पाण्डे, दीपक कार्की, निर्मला अधिकारी, हरि अधिकारी, नवराज ढुंगाना, समर आले, निलकण्ठ आचार्य रहेका छन ।

त्यस्तै प्रज्वल सापकोटाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन भएको छ । जसको सदस्यमा राजु तिवारी, हरिहर सिलवाल, श्रीकृष्ण खतिवडा, सुरेश श्रेष्ठ, सुरेश चित्रकार, राजु लामा, दिपेन्द्र तामाङ, नविना थापा, रामचन्द्र श्रेष्ठ, डोलबहादुर तामाङ, दीपेश खड्का, सरस्वती थापा रहेका छन ।

बैठकले अधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन लेखनका लागि जिल्ला अध्यक्ष खतिवडाको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति समेत गठन गरेको छ । जसमा रामशरण प्याकुरेल, ठाकुर गजुरेल, ठाकुर पुडासैनी, रमहरि रिमाल, बलराम आचार्य, वासु कडुवाल सदस्य रहेका छन् ।

May be an image of 7 people, people sitting and people standing




प्रतिक्रिया दिनुहोस्