• १६ आश्विन २०८२, बिहीबार

नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्विरोध

नुवाकोट, २५ पुस । नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्विरोध निर्वाचित भएका छन् ।

बागमती प्रदेशका सांसद तथा पुर्व प्रदेश भूमि ब्यवस्थापन,कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका मैनालीलाई बट्टारमा जारी नेकपा एमाले नुवाकोटको सातौँ अधिवेशनले अध्यक्षमा सर्वसहमत रुपमा निर्वाचित भएका हुन् ।

यसअघि अध्यक्षमा एमाले नेता बुद्धि प्रधानले दाबी गेपनि अन्तिम समयमा आएर प्रधानपछि हटेका थिए ।

अधिवेशनले जिल्ला अध्यक्ष पाएपनि अन्य पदहरुको टुङ्गीन बाँकी रहेको छ ।





प्रतिक्रिया दिनुहोस्