विदुर- नुवाकोटमा एक सय बाेरा भारतीय युरिया मलसहितको आइचर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार नुवाकोट जिल्लामा अवैध रुपमा भारतीय यूरिया मल ल्याई बढी मूल्यमा बेचबिखन भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत अस्थाई प्रहरी पोष्ट कोल्पुटार नुवाकोटको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा आज बा ४ ख ३८६७ नम्बरको आईचर गाडीमा भन्सार छली गरी ल्याएको ५० बोरा भारतीय यूरिया मल र १७ गते ल ३ च २९१८ नम्बरको बोलेरो गाडीमा ल्याएको ५० बोरा यूरिया मल गरी १०० बोरा यूरिया मल बरामद गरी बरामद मल, मल बोक्न प्रयोग भएको सवारी साधन ( गाडी) र मानिसहरुलाई समेत आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुरमा बुझाईएको ।