• १७ माघ २०७९, मंगलवार

ट्रम्पका भाईको ७१ बर्षको उमेरमा निधन

काठमाडौं, साउन ३२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । रियल स्टेट कारोबारी रोबर्ट पछिल्लो समय न्यूयोर्कस्थित एक अस्पतालमा उपचार गराउदै आएका थिए। ७१ बर्षीय रोबर्टको उपचारकै क्रममा शनिबार राती मृत्यु भएको ट्रम्प स्वयंले पुष्टि गरेका छन् ।

‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी दिँदै छु कि मेरो भाइ रोबर्ट ट्रम्पले गएराति अन्तिम सास लियो । ऊ मेरो भाइमात्र नभएर मेरो राम्रो साथी पनि थियो । उसको याद सधैं मेरो हृदयमा रहिरहने छ । तिम्रो माया सधै रहिरहने छ । स्वर्गमा बासहोस।’ ट्रम्पले जारी गरेको बयानमा उल्लेख छ ।

ट्रम्पले आफ्ना भाईलाई अन्तिम पटक शुक्रबार भेटेका थिए ।





प्रतिक्रिया दिनुहोस्