• २८ माघ २०८२, मंगलवार

अजय रानाभाटको जित लगभग पक्का, क्यानबेरामा उत्साहजनक माहोल

क्यानबेरा, अष्ट्रेलिया – “समुदाय मेरो आत्मा, सेवा मेरो प्रण” भन्ने भावनासहित लामो समयदेखि नेपाली समुदायको सेवामा सक्रिय अजय रानाभाटले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – क्यानबेरा (ACT) राज्य समन्वय परिषद्को संयुक्त सचिव (Joint Secretary) पदका लागि उम्मेदवारी दिएका छन्। रानाभाटको उम्मेदवारीसँगै समुदायमा उत्साहजनक समर्थन देखिएको छ र उनको जित लगभग पक्का जस्तै देखिएको छ।

नेतृत्वलाई पदभन्दा बढी जिम्मेवारीको रूपमा लिने दृष्टिकोण राख्ने रानाभाटले, विदेशको भूमिमा रहेर पनि नेपाली एकता, संस्कृति र सहकार्यलाई मजबुत बनाउन आफू कटिबद्ध रहेको बताएका छन्। उनले NRNA लाई जनमुखी, समावेशी र पारदर्शी बनाउन विशेष जोड दिने प्रतिबद्धता जनाएका छन्।

उनीद्वारा प्रस्तुत प्रमुख प्रतिबद्धताहरूमा समुदायप्रति जवाफदेही र पहुँचयोग्य नेतृत्वको विकास, सबैका लागि खुला र सहभागितामूलक संस्था निर्माण, क्यानबेरास्थित नेपाली समुदायका हकहितको संरक्षण तथा नेपाली भाषा, संस्कृति र सहकार्य प्रवर्द्धनमा विशेष ध्यान रहने उल्लेख छ।

समुदायभित्र उनले बनाएको विश्वास, विगतका योगदान र अबको स्पष्ट योजना हेर्दा उनलाई भारी मतले जिताउने संकेत देखिएको छ। रानाभाटले भनेका छन्, “NRNA केवल संस्था होइन, यो हाम्रो पहिचान, हक र सम्भावनाको साझा मञ्च हो। म तपाईंहरूको विश्वास र समर्थनका साथ काम गर्न तयार छु।”

सशक्त नेतृत्व र सबल समुदाय निर्माण गर्ने उद्देश्यसहित उनले सम्पूर्ण क्यानबेरा नेपाली समुदायलाई समर्थनका लागि आह्वान गरेका छन्। हालको समर्थन र माहोल हेर्दा अजय रानाभाटको जित सुनिश्चित देखिन्छ





प्रतिक्रिया दिनुहोस्