• २५ भाद्र २०८१, मंगलवार

जापानको राकुतेनलाई ३३.३ बिलियन विजनेश घाटा

टोकियो/जापान। जापानको राकुतेन समूहले मंगलबार जनवरी-मार्च त्रैमासिकमा ३३.३ बिलियन येनको संचालन घाटा भएको तथ्यांक सार्वजनिक गरेको छ।

राकुतेन समूहको अन्य व्यवसायहरु सहजरुपमा संचालन भएता पनि,यस ग्रुपद्वारा संचालित राकुतेन मोबाईल लगातार ठूलो घाटामा रहँदै आएको छ।

यो, सञ्चालन घाटा एक वर्ष अघिको तुलनामा सुधार हो यस अघि राकुतेन ग्रुपको ई-वाणिज्य र फिनटेक समूहले ७६.२ बिलियन येनको नोक्सान सार्वजनिक गरेको थियो।

बैंकिङ, धितोपत्र दलाल, क्रेडिट कार्ड र बीमा सेवाहरू समावेश गर्ने राकुतेन फिनटेक शाखाले भने ३९.३ बिलियन येनको अहिलेसम्मकै उच्च सञ्चालन नाफा हासिल गरेको छ।





प्रतिक्रिया दिनुहोस्